पार्टीलाई जिताउने गरी निर्वाचन प्रचारमा लाग्न तरुण दललाई देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई जिताउने गरी निर्वाचन प्रचारमा लाग्न तरुण दललाई निर्देशन दिनुभएको छ । उहाँले पार्टीको युवा संगठन तरुण दलका सभापति विद्वान गुरुङलाई पार्टीलाई जिताउन निर्देशन दिनुभएको हो ।

आइतबार९आज० प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले युवाहरूलाई व्यवस्थित ढंगले परिचालन गर्न निर्देशन दिनुभयो । भेटमा तरुण दलका सभापति गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने देउवासँग प्रतिबद्धता जनाउनुभएको थियो ।

तरुण सभापति गुरुङले केही दिनभित्रै आफू देश दौडाहामा निस्किने र हरेक निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार जिताउन रणनीतिसहित अघि बढ्ने देउवालाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय