काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयरबजार परिसूचक नेप्से आज आइतवार नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ ।
नेप्से सूचक घटेको दिन दुई सय २१ वटा कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको आठ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशत र सिटिजन्स बैंकको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।