काठमाण्डौ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएको छ ।
जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँलाई मन्त्रीहरूसहित सरकारका उच्च पदस्थ अधिकारी, नेता, नागरिक समाज, सर्वसाधारणलगायतले पनि पुल्चोकमा पुगेर श्रद्धाञ्जली दिएका थिए । यसैबीच सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको छ । छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज आइतवार बिहान किस्ट अस्पतालमै निधन भएको थियो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिनुभएका जोशी संस्कृतिविद् हुनुहुन्छ ।
उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । उहाँको ुलोक संस्कृतिु नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ुनेपाल राष्ट्रिय मुद्राु नामक पुस्तकका लागि दोस्रो पटक र ुकर्णाली लोक संस्कृतिु पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभएको थियो ।