काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति निकालेर भोली देशभर बिदा दिने निर्णय भएको जानकारी दिनुभएको छ । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा हिजो विहान निधन भएको थियो ।
उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।