काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।
खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाकाे विकेट लिएका हुन् ।