नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प

काठमाडौँ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५।९ म्याग्‍निच्यूडको भूकम्प गएको बताउनुभयो ।

उहाँका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो

भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय