ओलीले सर्वसाधारणसँग गरे प्रत्यक्ष टेलिफोन संवाद

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुभएको छ । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गर्नुभएको हो ।

सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गर्नुभएको थियो । उहाँले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिनुभएको हो ।

ओलीसँग कुरा गर्नका लागि मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए ।

उहाँले करिब ४ घण्टा बसेर कुराकानी गरेको सचिवालयले जनाएको छ । कुराकानीका विषय फेसबुक पेजमा राखिने बताइएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय