मेलवर्न । हाम्रो कम्युनिटीले तिहारको अवसरमा मैत्रीपूर्ण खसी कप आयोजना गरेको छ । अध्यक्ष प्रकाश अर्यालले वेरेबीको एगल स्टेडियममा शनिवार साँझ उक्त कपको आयोजना गरिएको जानकारी दिए ।
उक्त खेल मैत्रीपूर्ण भएको र हाम्रो कम्युनिटी अन्तर्गतका ३ समूहहरुवीच प्रतिस्पर्धा हुने उनले बताए । जसमा उत्कृष्ट हुने टिमले खसी पुरस्कार स्वरुप पाउने छ ।
उक्त समाजले पछिल्लो समय नेपालीहरुमा एक आपसमा सदभाव कायम गर्ने ध्येयका साथ भलिवलसहित विभिन्न खेलकूद गतिविधि गर्दै आएको छ । त्यस्तै पर्वविशेषमा सांस्कृतिक कार्यक्रम तथा नेपाल र नेपालीको हकहितको निम्ती विभिन्न सकारात्मक रचनात्मक कामहरुमा समाज संलग्न हुँदै आएको अध्यक्ष अर्यालले बताए ।
उनले यसपटकको खसी कपले खेलाडीहरुको मनोबल बढ्ने, उनीहरु अभ्यस्त हुने र भविष्यमा हुने अन्य विभिन्न प्रतियोगितामा सहभागि हुनको निम्ती एक निपूर्ण समूह तयार हुनेमा विश्वास व्यक्त गरे ।