अष्ट्रेलियामा नेपालीहरुले बनाउने बहुसांस्कृतिक केन्द्रलाई लिवरल पार्टीद्वारा २ मिलियन डलरको प्रतिवद्धता

मेलवर्न । अष्ट्रेलियाको भिक्टोरियास्थित डिगर्स रेष्टमा नेपालीहरुले बनाउन लागेको मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रको निम्ती लिवरल पार्टीले दुई मिलियन अर्थात बीस लाख डलर रकमको प्रतिवद्धता जनाएको छ ।

अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (एएनएमसी)को पहलकदमीमा डिगर्स रेष्टको आफ्नो १५ एकर जग्गामा बनाउन लागिएको नेपाली मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रको निम्ती लिवरल पार्टीको तर्फबाट २ मिलियन डलरको प्रतिवद्धता भएको केन्द्रका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।

लिवरल पार्टीका नेता मेथ्यू गे ले लिवरल पार्टीले सरकार बनाएको अवस्थामा सो बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

यसअघि भिक्टोरिया सरकारले उक्त केन्द्र निर्माणको निम्ती ३ लाख डलर बराबरको अनूदान घोषणा गरिसकेको छ । यसरी लिवरल पार्टीले गरेको उक्त प्रतिवद्धताले केन्द्रले लिएको अभियानमा ठूलो सफलता मिलेको एएनएमसीका सदस्य गान्धी भट्टराईले जानकारी दिए ।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा कानून व्यावसायी टोनु गोथानेको विशेष पहलकदमीमा लिवरल पार्टीले उक्त प्रतिवद्धता गरेको हो ।

यो पनि पढ्नुहोस्: भिक्टोरियाको नेपाली समुदायलाई राज्य सरकारको ‘तिहार कोशेली’- तीन लाख डलरको अनूदानको घोषणा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय