चितवन २ : सुरुआति गणनामा किन पछि परे रवि ?

काठमाडौं । चितवन–२ मा सहजै जित्ने चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सुरुआति गणनामा भने तेस्रो स्थानमा छन् । तर, यसबाट रविका समर्थकहरू निराश भइहाल्नु पर्दैन ।

कृष्णभक्त पोख्रेल (सूर्य)ले ६८४, उमेश श्रेष्ठ (रुख)ले ४४९ र रवि लामिछाने (घण्टी)ले ११३ मत ल्याएका छन् ।

सुरुमा गणना भएको इच्छाकामना गाउँपालिका १ एमालेको पकड भएको क्षेत्र हो । चितवनको ग्रामीण क्षेत्रहरूमा रविको त्यति धेरै प्रभाव छैन ।

त्यहाँबाट शहरी भेगहरूमा मतगणना प्रवेश गर्दा उनको मत ह्वात्तै बढ्ने निश्चित छ ।

पछिल्लो माहोल र मत सर्भेक्षणहरुले रविले ठूलो अन्तरका साथ चुनाव जित्ने देखाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय