काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।
नेकपा एमालेमा विद्रोहका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसद र एकीकृत समाजवादीको वैधानिकता सम्बन्धी रिट दायर गर्नुभएको थियो । सोही रिट हेर्न नभ्याउने सुचिमा परेपछि आजका लागी तय सुनुवाइ पनि स्थगित भएको छ।
आज न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासको मुद्दा २२ नम्बरमा रहेको थियो ।
नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि ओलीले २०७८ भदौ १५ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उक्त रिटमा इजलासले अन्तिम सुनुवाइ हुने भनि मिति तोकेपछि सुनुवाइ सर्दै आएको छ।