फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई गोल्डेन बुट

काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।

मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । तर, फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ ले हराएर अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय