सिड्नी । नेपाली अभिभावक कल्याण समाज लिपिङ्गटनको वनभोज कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा आफ्नो परिवार भेट्न आईपुगेका अभिभावकहरु पछिल्लो समय सगंठित बनेका छन् । त्यसैक्रममा नेपाली अभिभावक कल्याण समाज लिपिङ्गटन मार्फत उक्त क्षेत्रमा विभिन्न कार्यक्रहरु गर्दै आईरहेका छन् ।
यसै अन्तर्गत डिसेम्बर ३ शनिवारका दिन उलुडेलपार्क लिपिङ्गटनमा वनभोज कार्यक्रम सम्पन्न भएको हो । इमरअड् हिल, डेनिमकोर्ट, लिपिङ्गटन हाईट लगायतका ठाउँहरुमा रहेका नेपाली बसोबासीहरु र नेपाली समुदायहरुसगं भेटघाट जमघट तथा रमाईलो गर्ने उद्धेश्यले वनभोज कार्यक्रम गरिएको समाजकी अध्यक्ष राधिका ढकालले बताईन् ।
उनीहरुले नेपाल छँदा र अस्ट्रेलियामा आईपुग्दाका विभिन्न अनुभवहरु सुनाए । उनीहरुले एकआपसमा ती अनुभव एवम् आफ्ना व्यवसायिक यात्रा र विभिन्न क्षेत्रका आरोह अवरोहहरु सुनाएका थिए ।
नेपालका विभिन्न ठाउँका अभिभावकहरु गरी कार्यक्रममा झण्डै १ सय भन्दा धेरैको उपस्थिति रहेको थियो । नेपालबाट गएका अभिभावकहरुको संस्थाले देउसी भैलो तथा विभिन्न क्षेत्रबाट रकम सकंलन गरेर सामाजिक कार्यसगैं विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
संस्था स्थापना भएदेखि अहिले यो तेश्रो कार्यकाल हो । भविष्यमा अझै सामाजिक क्षेत्रमा अग्रसर हुने आफुहरुको उद्धेश्य रहेको ढकालले बताईन् ।
समाजको ७ सदस्यीय सल्लाहकार समिति रहेको छ । समितिमा मेघराज पौडेल, कृष्ण गैरे, रोशन भेटवाल, प्रदिप चापागाईँ, श्रीकृष्ण थापा, प्रकाश पौडेल लगायत रहेका छन् ।
समाजका सल्लाहकार मध्येका मेघराज पौडेलले अस्ट्रेलियामा आएका अभिभावकहरुलाई एक्लै घरमा बस्दा दिक्क लाग्ने भएकाले समुह बनाएर पार्कमा हिड्डुल गर्न र अन्य समुदायका व्यक्तिहरुसगं परिचित हुन सहज हुने भएकाले उहाँहरुलाई सहज गराईदिएको र अधिकाशं कामहरु आफै गर्दै आउनुभएको बताए ।
त्यस्तै समाजका सल्लाहकार मध्येका प्रकाश पौडेलले अभिभावकहरुलाई सहयोग आवश्यकता परेको खण्डमा आफुले सहयोग गर्ने गरेको बताए ।