माओवादीको संसदीय दलको नेतामा प्रचण्ड चयन हुने निश्चित, भोली चयन गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता भोली चयन गर्ने भएको छ । सांसदहरूले शपथ लिएपछि माओवादी केन्द्रले दलको नेता चुन्न लागेको हो ।

शपथ लगत्तै दिउँसो ४ बजे संसदीय दलको बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उहाँलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन् ।

माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद रहेका छन् । माओवादी केन्द्रले प्रदेशमा पनि संसदीय दलको नेता चयनको तयारी गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेता हुन शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनाव हुने संभावना देखिएको छ । बागमती प्रदेशमा माओवादीका २१ सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय