प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जवराद्वारा सपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपति विद्या भण्डारीसँग शपथ लिनुभएको छ । प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ गराउनुअघी जबराले आज राष्ट्रपतिबाट शपथ लिनुभएको हो ।

राष्ट्रपतिबाट शपथ लिएपछि सभामुखको निर्वाचन अघिका बैठकको अध्यक्षता पनि उहाँले गनुृहुनेछ । राप्रपाबाट समानुपातिक सांसद बन्नुभएका जबरा प्रतिनिधि सभाका जेष्ठ सदस्य हुनुहुन्छ । हालै सम्पन्न निर्वाचनबाट प्रनितिसभामा निर्वाचित भएका सांसदहरूलाई भोलि दिउसो एक बजे सपथ ग्रहण गराउने कार्यक्रम छ । सपथसँगै जबराले आजै सभामुखको पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उहाँले आज पदभार ग्रहण गर्नुभएको हो । जबराले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने बताउनुभयो । उहाँले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जबराको शपथ समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच भेटघाट भएको छ । सार्वजनिक कार्यक्रममा यी नेताहरू धेरै पछि सँगै भेटिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय