संसदीय दलको नेताका लागि फेरि पनि तयारी गर्छु : थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नआएको बताएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले संसदीय दलको नेतामा पराजित भएपछि उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले आफूले मतदातासँग गरेको वाचा पूरा गरेको बताए। संसदीय दलको निर्वाचनमा आएको नतिजा आफ्नो लागि अनपेक्षित भएको थापाको भनाइ छ। उनले आफूले बनाएको प्रचार सामाग्री लिएर सांसदका उम्मेदवारहरु चुनावमा गएकाले उनीहरुले आफूलाई नै मत दिने अपेक्षा गरेको भए पनि पूरा नभएको बताए।

थापाले देउवाबाट आफूले अघिल्लो पटकको भन्दा फरक खालको भूमिकाको अपेक्षा गरेको बताए। उनले आफू मन्त्री नहुने र फेरि पनि संसदीय दलको नेताकै लागि तयारी गर्नेसमेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय