माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्डलाई सर्वसम्मत चयन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतरूपमा चयन गरेको छ ।

आज बिहीवार दिउँसो सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो । आजै दिउँसो बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको थियो । त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यो निर्णय अनुमोदन गरेको हो ।

यस्तै बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभामा दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।

अन्तिम अपडेटस् पुस ७, २०७९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय