महेन्द्र राय यादवसहित चार सांसदको शपथ भोलि

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार(भोलि) बिहान पद तथा गोपनीयताको शपथ लिनु हुनेभएको छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले भोलि बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनुहुने छ। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिनुभयो ।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित हुनुभयो। आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा हुनुहुन्छ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय