काठमाडौं । अफगानिस्तानमा महिलालाई शिक्षाको पहुँचबाट बाहिरै राख्ने निर्णयको विरोधमा प्रदर्शन भएको छ ।
तालिवान सरकारले महिलालाई विश्वविद्यालय जान रोक लगाउने निर्णयको विरोधमा प्रदर्शन भएको हो ।
अहिलेसम्म प्रर्दशनमा सहभागी ५ महिला र ३ पत्रकारलाई तालिवानले पक्राउ गरेको बीबीसीले जनाएको छ । तालिवानले महिलालाई प्रतिवन्ध लगाउने घोषणा गरेलगत्तै अस्ति बुधबारदेखि नै विश्वविद्यालय प्रवेशमा रोक लगाइएपछि प्रदर्शन भएको हो ।