१० वर्षसम्म नेपाल आउन नपाउने गरि चार्ल्स शोभराज फर्किए फ्रान्स

काठमाडौं । नेपालको जेलमा झन्डै दुई दशक बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठाएको छ ।

सर्वोच्च अदालतको गएको बुधवारको आदेशअनुसार आज शुक्रवार जेलमुक्त भएका शोभराजलाई केहीबेर अघिको उडानबाट फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ । शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताउनुभयो । शोभराज दोहा हुँदै भोलि शनिवार पेरिस पुग्ने उहाँले बताउनुभयो ।

शोभराज २०६० सालदेखि नेपालको जेलमा थिए । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा २०६० सालमा पक्राउ परेका शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

पछिल्लो पटक शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो । ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको आदेशमा भनिएको छ ।

भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी २० जनाभन्दा धेरैको हत्यामा संलग्न भएको आरोप लागेका शोभराजले भारत र नेपालको जेलमा गरी २० वर्ष बिताएका छन् । भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्न पोख्त मानिने शोभराजलाई ुबिकिनी किलरु, ुसिरियल किलरु र ुद सर्पेन्टु उपनामले विश्वभर चिनिन्छ । शोभराजसँग जोसुकै मानिसलाई पनि भेटेको केही समयमै आफ्नो प्रभावमा पार्न सक्ने शक्ति भएको उनको मुद्दाको अनुसन्धान गरेका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय