प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी

काठमाडौं । नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दललाई दिएको समयसीमा भोली (आइतबार) सकिँदैछ ।

समयसीमा सकिन लाग्दा दलहरूको छलफलको क्रम पनि बढिरहेको छ । सत्ता गठबन्धनमा कसको नेतृत्वमा सरकार बन्ने भन्नेमा कुरा नमिलेपछि आज पनि काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटघाट हुँदै छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने प्रचण्डको दाबी माथि सकारात्मक देखिनुभएको छैन । हिजो वालुवाटारमा प्रचण्डसँगको छलफलमा देउवाले प्रधानमन्त्री पदमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताउनुभएको छ । देउवाले पार्टीबाट यसबारेमा आफूलाइ दबाब आएको सुनाउनुभएको थियो ।

निर्वाचनअघि काँग्रेसले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डलाई बनाउने सहमति जनाएको भएपनि अहिले आलटाल गरेको भन्दै माओवादी केन्द्रका नेताहरू गूनासो गर्न थालेका छन् । माओवादी केन्द्रले सुरुमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएको छ ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नै नेतृत्वमा सरकार गठनको पहल जारी रहेको बताउनुभयो । हिजो सहमति नभएपछि गठबन्धनका नेताहरूले आज दिनभरी जसो नै सहमतिको प्रयास गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय