नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा काठमाडौंको विजयी सुरूवात

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले विजयी सुरूवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।

जितको लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनायो ।

पोखराका लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

काठमाडौंका लागि अभिनास बोहोराले ३, बसिर अहमदले २ तथा अनिल खरेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५, सुनाम गौतमले अविजित २७, एलेक्स ब्लेक्सले २१ तथा विरनदिप सिंहले १० रन बनाए ।

पोखराको लागि प्रतिस जिसी र जाहिर खानले २/२ तथा मौसम ढकालले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय