युवाहरूले समस्याको समाधान खोज्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताउनु भएको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताउनु भयो ।

उहाँले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय