अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्यधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् ।

टेक्ससदेखि क्यूबेकसम्म हिमपातसहितको ‘बम साइक्लोन’को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ । हिमपात र आँधीका कारण हजारौं उडान रद्द भए भने १५ लाख मानिस बिजुलीबिहीन भएका थिए ।

क्यानडामा समेत हिमपातक कारण जाडो अत्याधिक बढेको छ । जाडोका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ ।

हिमपात र आँधीले सडकमार्ग समेत अवरुद्ध हुँदा ट्राफिक बढ्नुका साथै दुर्घटनाका घटना पनि त्यतिकै बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय