सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै, दलहरुबीच अझैं कुरा मिलेन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरूलाई दिएको ७ दिनको समय आज सकिँदैछ ।

सरकार गठन गर्न सत्ता गठबन्धनको बैठक निरन्तर बसे पनि अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन । केही दिनदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दैनिक बसेका बैठकमा सहमति हुन नसकेको हो ।

हिजो बसेको बैठकमा पनि सहमति भएन तर आज प्रधानमन्त्रीको बारेमा टुङ्गो लाग्ने बैठकमा सहभागी काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले दावी गर्नुभयो । त्यसको लागि आज पनि गठबन्धनको बैठक बसेको थियो तर सहमती भने जुट्न सकिरहेको छैन ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र प्रचण्डबीच हिजो नै प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो । भेटमा नेता पौडेलले गठबन्धन नछोड्न प्रचण्डलाई आग्रह गर्नुभएको बुझिएको छ । जवाफमा प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालको नेतृत्व आफूले पाउनुपर्ने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय