काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन टुटेको बताएका छन्। आइतबार बिहान बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका हुन्।
गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेर बाहिरिएका थिए।