काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्।
नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नदिएर धोका दिएको भन्दै बालुवाटारबाट निस्किएका प्रचण्ड खुमलटारमा केहीबेर आराम गरेपछि बालकोट पुगेका हुन्।
२०७७ फागुनमा तत्कालीन नेकपा विभाजन भएपछि पहिलो पटक ओलीसँग वार्ताका लागि प्रचण्ड बालकोट पुगेका हुन्।
यसअघि यी दुई नेताबीच यसअघि बुधबार र बिहीबार राष्ट्रपतिको कार्यालय र संसद भवनमा केही बेर कुराकानी भएको थियो।
राष्ट्रपतिको कार्यालयमा खुलेको संवादको ढोका अब सत्ता सहकार्य नै अगाडि बढाउने गरी यी दुई नेताबीच बालकोटमा संवाद हुन लागेको हो।
सत्ता समीकरणकै लागि प्रचण्डभन्दा अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई पनि बालकोट पुगेका छन्।