नयाँ सरकार निर्माणको जोडघटाउ चलिरहेका बेला सीके राउत पनि बालकोट पुगे

काठमाडौं । नयाँ सरकार निर्माणको जोडघटाउ चलिरहेका बेला जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) पनि बालकोट पुगेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई निस्किएलगत्तै राउत बालकोट पुगेका हुन्।

उनले बालकोटमा प्रतिक्रिया दिँदै बैठक राखिएको भन्दै खबर भएपछि आफू यहाँ आएको बताए।

जनमतसँग प्रत्यक्षसहित प्रतिनिधिसभामा ६ सिट रहेको छ। जमतले आफ्ना माग पूरा भएमा सत्तामा जाने बताइरहेको छ।

राउतलाई केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला राजनीतिको मूलधारमा ल्याइएको थियो। राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय