प्रचण्डलाई प्रधानमन्त्री बनाउने लगभग सहमती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरु राष्ट्रपतिकहाँ सरकारको दाबी गर्ने भएका छन्।

प्रचण्डको पक्षमा दोस्रो ठूलो दल नेकपा एमालेसहित १६६ जना सांसदको समर्थन जुटेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको चार घण्टा लामो वार्तापछि यस्तो सहमति जुटेको हो।

संविधानको धारा ७६ को उपाधार २ अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीसहितका सांसदहरुको हस्ताक्षरसहित सरकारको दाबी गर्न लागिएको हो।

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको थियो।

राष्ट्रपतिले दिएको सममयसीमाभित्रै दुईभन्दा बढी दलको सरकार बनाउने गरी राष्ट्रपतिको कार्यालय शीतल निवास जाने तयारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय