काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसाथ बार्दलीमा देखिएका छन् । आज सत्ता गठबन्धनमा खटपट देखिएपछि ओली र प्रचण्ड एकसाथ देखिएका छन् ।
बालुवाटारमा आइबार बिहान भएको सत्ता गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै छोड्न मानेनन्।
देउवा तयार नभएपछि अहिले नै प्रधानमन्त्री हुन चाहेका प्रचण्ड त्यहाँबाट गठबन्धन ब्रेक भएको घोषणासहित बालकोट पुगे। जहाँ पुगेर एमाले, माओवादीसहित अन्य साना दलको बैठकले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय लियो।
उक्त निर्णयसँगै प्रचण्डको पक्षमा १६६ सांसद उभिने ग्यारेन्टी भयो। त्यसपछि उपस्थित पत्रकारहरुले ओली र प्रचण्डलाई बालकोटको बार्दलीमा उभिन भने।
भुइँतलामा भएको उक्त बैठकपछि पत्रकाहरुले ओली र प्रचण्ड दुवैलाई बालकोटको बार्दलीमा जान भने।
पत्रकार र समर्थकको आग्रहपछि ओली र प्रचण्ड दुवै बालकोटको बार्दलीमा पुगेर उभिए अनि अभिवादन गरे।
त्यसपछि उनीहरु बहुमतको सरकार दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगिसकेका छन्। सम्भवतस् प्रचण्ड आजै प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।