प्रधानमन्त्रीको दाबी गर्न प्रचण्ड शीतल निवास पुगे

काठमाडौं । दुईभन्दा बढी दलका सांसदहरुको बहुमतसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको दाबी गर्न शीतल निवास पुगेका छन्।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको साथ लिएर प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन्। प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ जन सांसदको समर्थन मिलेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिअनुसार उनी अब कम्तिमा अढाई वर्ष प्रधानमन्त्री पदमा रहनेछन्। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। यी दलहरुले राष्ट्रपति र सभामुखसहितका पदहरुको भागवण्डा मिलाइसकेका छैनन्।

दाहाल संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन्। मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्।

उनले दिएको समय अहिले साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्ड शीतल निवास छिरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय