सरकारमा सहभागिताबारे राप्रपाले अर्को बैठकबाट निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ सरकार निर्माण प्रक्रियामा सहयोग गर्ने निर्णय भएपनि सरकारमा सहभागिताकै विषयमा भने अझै निर्णय भईसकेको छैन ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको उहाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय