प्रचण्डले आज प्रधानमन्त्रीको पद तथा शपथ ग्रहण गर्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपराह्नस् ४ बजेका लागि समय तय भएको छ ।

यसअघि हिजो प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका सात राजनीतिक दल र तीन स्वतन्त्र गरी १६९ जना सदस्यको समर्थनसहितको दाबी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय