रास्वपा सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ । रास्वपा प्रवक्ता मुकुल ढकालका अनुसार सरकारमा आफूले कुन-कुन मन्त्रालय पाउँने भन्नेबारे टुङ्गो लागेको छैन । हाल सत्ता गठबन्धनको बैठक बस्न लागेको र केहि समयमानै कुन मन्त्रालय र को–को मन्त्री हुने छिनोफानो हुने उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय