एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो।

एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। यस्तोमा ओलीनिवास बालकोटमा ६ जना मन्त्रीको नामलाई पनि अन्तिम रुप दिँदैछ।

एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनमा विजयी उपाध्यक्षमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने बताएका छन्।

यस्तोमा उपाध्यक्ष पौडेलले गृह या अर्थमन्त्रालयले लिन सक्नेछन्। उनी दुईमध्ये एक उपप्रधानमन्त्री हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय