माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ । पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रीमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताउनु भयो । उहाँले कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताउनु भयो । उपाध्यक्ष महराले बैठकमा समसामयिक परिस्थितिको पनि छलफल भएको बताउनु भयो ।

उपाध्यक्ष महराले ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण पछि आज नै सानो मन्त्रिपरिषद् गठन हुने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय