सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी छन् ।

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय