गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् ।

गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले सो निर्णय गरेका हुन् । ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’ गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलले भने ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय