अभियुक्त दुई सांसदले सांसद हैसियतमा काम गर्न नपाउने

काठमाडौं । काँग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीले सांसद हैसियतमा काम गर्न नपाउनुहुने भएको छ ।

नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै सांसदलाई सांसद हैसियतको काम कारवाहीमा सहभागी नगराउन सङ्घीय संसदलाई पत्र पठाएका थिए ।

संघीय संसद सचिवालयका प्रबक्ता रोजनाथ पाण्डेले पत्र आएको जानकारी गराउँदै अब उहाँहरुलाई कुनै पनि जिम्मेवारी नदिइन बताउनुभयो । उहाँहरुविरुद्ध लागेको मुद्धा किनारा नलाग्दासम्म सांसद बापतको सेवासुविधा समेत नदिईने पाण्डेले बताउनुभयो ।

यसबारे सम्बन्धित दलको कार्यालयलाई पनि जानकारी दिईने उहाँले बताउनुभयो । सांसद गुरुङविरुद्ध भष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा चलिरहेको छ भने महतो विरुद्ध शसस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोग लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय