काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ। उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’
प्रधानमन्त्रीको दाबी पर्दैमा भड्किएर जान नहुने उहाँको भनाइ छ । यसअघि २०७४ सालमा कांग्रेससँग छलफल चलिरहेको बेलामा एमालेसँग तालमेल गर्न पुग्नुभएको थियो ।
उहाँले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको घटना नदेखेकाले आफूहरु आचर्य भएको बताउनुभयो। सरकार गठन भएपछि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको बताउनुभयो ।