देउवा बालुवाटारमाबाट सरे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको आइतवार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा बालुवाटरको सरकारी निवासबाट सर्नुभएको हो । बूढानीलकण्ठमा रहेको निजी निवास अहिले मर्मत भइरहेकाले उहाँ धुम्बाराहीमा रहेको भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

देउवा २०७८ साल असार २८ गते पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि उहाँ सरकारी निवासमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय