प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

काठमाडाैं । मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निवास खुमलटार पुग्नुभएको हो ।

अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच एक्लाएक्लै छलफल भइरहेको छ । यसअघि बिहान प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नुभएको थियो ।

अध्यक्ष ओली दुई वर्षपछि दाहाल निवास पुग्नुभएको हो । पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय