काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन्। ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमे रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन्।
अर्कातिर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन्।
बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवाले धुम्बाराहीस्थित भाडाको घरमा आफ्नो अस्थायी डेरा बनाएका हुन्।