डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त

काठमाडौं । डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा आज बुधवार नियुक्त गर्नुभएको हो ।

अधिवक्ता डा. पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मङ्गलवार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा। पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रूपमा काम गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय