उल्लासमय बन्दैछ ‘न्याभ कप’ – १२ समूहको सहभागिता हुँदै

मेलवर्न । भिक्टोरियाकै पूरानो नेपाली संस्था नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले यसपटक गर्न लागेको १८ औं न्याभ कपको तयारी अघि बढाइरहेको छ ।

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रायोजनमा यस क्षेत्रमा नेपाली समुदायबाट आयोजना हुने हालसम्मकै ठूलो खेलकूद प्रतियोगिता न्याभ कपमा यसपटक १२ समूहले सहभागिता जनाउने न्याभ कपको खेल संयोजक दीप चन्दले जानकारी दिए ।

उनका अनुसार एक्सपर्ट सगरमाथा ब्लुज ए, सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स क्लबले भव्यताका साथ न्याभ कपमा भाग लिनेछन् ।

१५ जनवरी २०२३ देखि १९ मार्चसम्म गरी दुई महिना बढीको उक्त न्याभ कप टि डब्लू पार्क प्रेस्टनमा हुने चन्दले बताए ।

कपमा प्रथम हुने समूहले ३ हजार डलरको प्रथम पुरस्कार पाउने छ भने द्वितीय हुने समूहले १ हजार प्राप्त गर्नेछ । टि ट्वान्टी लिग अनुसार हुन उक्त कपको विजेताले ट्रफीसहित नगद पुरस्कार पाउने भएका हुन् ।

पारस खड्का मुख्य आकर्षणः

न्याभका अध्यक्ष प्रेम राज उप्रेजीले नेपाली क्रिकेट क्षेत्रका लेजेन्ड पारस खड्का सो कपको मुख्य आकर्षण रहने जानकारी दिए ।

नेपाल क्रिकेट संघका पूर्व कप्तान समेत रहेका खड्कालाई सद्भावना दूतको रुपमा नियुक्त गरिएको जानकारी दिदै अध्यक्ष उप्रेतीले खड्काले न्याभ कपको उपलक्ष्यमा उनको योगदानको कदर गर्दै अभिनन्दन कार्यक्रम गरिने जानकारी दिए । त्यस्तै कान्तिपूर स्पोट्र्सका ब्यूरो प्रमुख विनोद पाण्डे पनि सो कार्यक्रममा सहभागि हुने छन् ।

त्यस्तै न्याभ कपको अवसरमा न्याभले २०१९ देखि च्यारिटी खेल समेत आयोजना गर्दै आएको छ । नेपाल र अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग पुर्याउने उद्धेश्यसहित गरिने उक्त प्रतियोगिता अन्तर्गत गत बर्ष अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल एसोसियसनलाई ५ हजार डलर सहयोग गरिएको थियो । यस पटकको च्यारिटीबाट संकलन हुने रकमले न्याभले सञ्चालन गरेको भाषा विद्यालय बालचौतारीलाई सहयोग गरिने आयोजकले जनाएको छ ।

युवाहरुले आफ्नो जागरुकता, एकता तथा खेलप्रेम दर्शाउने महत्वपूर्ण उत्सव रहने भन्दै खेल संयोजक चन्दले यसपटकको कार्यक्रम विगत भन्दा फरक अनुभूत गर्न सक्ने तथा अष्ट्रेलियामा नेपालीहरुको विशेष पहिचान स्थापना गर्न मद्धत पुग्ने बताए ।

यो पनि पढ्नुहोस्ः न्याभ कपको १८ औं संस्करण घोषणा, ‘म्याक्सीम्याक्स’ बन्यो टाइटल स्पोन्सर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय