ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर, उच्च निगरानीमा उपचार

एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ ।

उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् । तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय