प्रधानमन्त्री प्रचण्डले पुस २९ गते विश्वासको मत लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिनुहुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले पुस २९ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो ।

नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल एमालेसहित सात दलीय गठन्धनको सहयोगमा गत गत आईतवार तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ।

संवैधानिक ब्यवस्था अनुसार दाहालले प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने छ । सोही व्यवस्थाअनुसार उहाँले पुस २९ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय