प्रसिद्ध ब्राजिलियन फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित उहाँको ८२ वर्षको उमेरमा गएराति ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाउनुभएको थियो । तीन पटक विश्वकप उपाधि जित्ने एकमात्र खेलाडी पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो ।

पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय