काठमााडैं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरूवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न शुक्रबार पुगेका लामिछानेले आफू कानुनसम्मत चल्ने कुरामा विश्वास गर्ने बताए।
नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेले बताए।
प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने तर्क गरेका उनले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गरेका छन्।
सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको बताउँदै उनले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी पनि दिएका छन्। उनले प्रहरी संगठनको बेथिति हटाउन जुट्ने पनि बताए।