काठमाडौं । प्रदेश नम्बर १ को नेपाली काँग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ ।
संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिनुभएको हो । कार्कीले ९ र अर्याल २ मत प्राप्त गर्नुभयो ।
कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो । संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति रहनुभएको थियो ।